सरकारले न्याय सेवाका तीन अधिकृतलाई विशिष्ट श्रेणी (सचिवसरह)मा बढुवा गरेको छ।
न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद् बैठकले नायब महान्यायधिवक्तामा खेमराज ज्ञवालीलाई बढुवा गरेको छ। यसअघि उनी कायममुकायम नायब महान्यायाधिवक्ता थिए।
त्यस्तै, सरकारले न्याय परिषद्का निमित्त सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा बढुवा गरेको छ।
त्यस्तै, सहरजिस्ट्रार यमबहादुर बुढा न्याय परिषद् सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार (जेठ ११ गते) बसेको न्याय सेवा आयोगको बैठकले यी तीनै प्रथम श्रेणीका अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवाका लागि सिफारिस गरेको थियो।
1.1k
Shares
प्रतिक्रिया