ad ad

गण्डकी


दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक

दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक

दाउन्नेमा भासिएको सडक


नेपालखबर
साउन २९, २०८१ मंगलबार १०:४५, त्रिवेणी (नवलपरासी)

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।

नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो।

भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। 

विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए।

यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .