गत अगस्ट १५ मा राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको कब्जामा छ। एक हप्ताअघि उसले आफ्नो सरकारसमेत घोषणा गरिसकेको छ। यसको शपथ ग्रहण हुन्छ, हुँदैन? कहिले, कसरी हुन्छ? मानिसको मनमा यस्ता तमाम प्रश्न उठेका छन्।
यीमध्ये पनि अहिले सबैभन्दा ठूलो प्रश्न उठेको छ– तालिबानका दुई शीर्ष नेता कहाँ छन्? उनीहरू किन सार्वजनिक भइरहेका छैनन्?
हिब्तुल्लाह अखुन्दजादालाई सुप्रिम लिडर (सर्वाेच्च नेता) र मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री घोषणा गरिएको छ। तर यी दुवै नेता अहिले कतै देखिएका छैनन्। बरादरले दुई दिनअघि ३९ सेकेन्डको एक अडिओ सन्देश जारी गर्दै आफू सकुशल रहेको दाबी गरेका थिए। तर अहिले यो अडिओप्रति पनि प्रश्न उठ्न थालेका छन्।
सीएनएनले तालिबानभित्र भइरहेको उथलपुथलबारे एउटा रिपोर्ट प्रकाशन गरेको छ। जसअनुसार सामान्यतया कुनै पनि देशको सरकार घोषणा हुँदा तिनका प्रधानमन्त्री, मन्त्री तथा नेता विश्वसामु सार्वजनिक हुन्छन्। सञ्चारमाध्यमसँग कुरा गर्छन्। तर अफगानिस्तानमा यस्तो भइरहेको छैन।
मानिसकाे मनमा खुल्दुली छ– आखिर तालिबानका नेताहरू कहाँ छन्? उनीहरूको अवस्था कस्तो छ? किन उनीहरू सार्वजनिक भइरहेका छैनन्? तालिबानका प्रवक्ताले पनि सकेसम्म यस्ता प्रश्न पन्छाउने प्रयासमा छन्, जवाफ दिए पनि अत्यन्त कमजोर हुने गरेका छन्।
बरादर जीवित त छन्?
दुई दिनअघि मात्र तालिबानका एक प्रवक्ता सुहैल साहिनले मुल्ला बरादरले बोलेको भन्दै एक अडिओ सन्देश जारी गरेका थिए। जसमा भनिएको छ– म एकदम स्वस्थ र सुरक्षित छु।
तर अब यो अडिओको गुणस्तर र पृष्ठभूमिका विषयमा पनि प्रश्न उठ्न थालेका छन्।
शंका के पनि गरिएको छ भने तालिबान सरकारमा सहभागी हक्कानी नेटवर्कसँगको झडपमा मुल्ला बरादर मारिइसके वा गम्भीर घाइते भएका छन्। यो झडप तालिबान सरकार घोषणा हुनु ठीकअघि भएको दाबी गरिएको छ।
हिब्तुल्लाह पनि गायब!
सुप्रिम लिडर हिब्तुल्लाह अखुन्दजादाबारे तालिबानले भनेको थियो– सुप्रिम लिडर अखुन्दजादा चाँडै दुनियाँसामु सार्वजनिक हुनेछन्। तर यसो भनेको १५ दिन बितिसक्यो, उनी देखिएका छैनन्।
रिपोर्टअनुसार उनी पनि मारिइसकेका छन् वा गम्भीर घाइते अवस्थामा छन्। नत्र अहिलेसम्म किन देखापरेनन्?
यो पनि–
बरादरको विडम्बना: प्रधानमन्त्री हुने चर्चा थियाे, बनाइए उपप्रधानमन्त्री, लगत्तै भए ‘बेपत्ता’
Shares
प्रतिक्रिया