न्युजिल्यान्डमा आइतबार बिहानदेखि ‘इच्छा–मृत्यु’ले कानुनी आधार प्राप्त गरेको छ। योसँगै न्युजिल्यान्ड इच्छा–मृत्युलाई कानुनी मान्यता दिने मुलुकको सूचीमा समावेश भएको छ।
यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानाडा, अस्ट्रेलिया र कोलम्ब्यिाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन्।
तर यी देशमा स्वेच्छाले मर्न चाहनेका लागि फरक फरक नियम र सर्त बनाइएको छ।
न्युजिल्यान्डमा इच्छा मृत्युका लागि व्यक्ति त्यस्तो रोगबाट पीडित भएको हुनुपर्छ, जसबाट ऊ ६ महिनामा मर्नेवाला छ। अनि यसमा कम्तीमा २ चिकित्सकले अनुमति दिनुपर्छ।
न्युजिल्यान्डमा हालै इच्छा मृत्युका विषयमा भएको जनमत संग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो।
इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्यान्डमा लामो समयदेखि बहस भइरहेको थियो। बीबीसी
Shares
प्रतिक्रिया