अमेरिकाको विस्कन्सिन राज्यमा तीव्र गतिमा रहेको कार भीडमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
अमेरिकी प्रहरी अधिकारीहरूका अनुसार विस्कन्सिनको वाउकेसा सहरमा गुडिरहेको रातो एसयूभी क्रिसमस परेडलाई कुल्चिएर अगाडि बढ्यो।
परेडमा स्कुल ब्यान्ड र नृत्य समूह थिए। कारको ठक्कर खानेमा बालबालिका पनि छन्। घटनापछि एक जनालाई नियन्त्रणमा लिइएको छ।
यो घटना अहिले अतिवादी घटनाजस्तो नरहेको प्रहरीले जनाएको छ।
सहरका प्रहरी प्रमुख ड्यान थम्पसनले पत्रकारहरूलाई भने– ठक्कर दिने गाडी नियन्त्रणमा लिइएको छ। बीबीसी
207
Shares
प्रतिक्रिया