लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या आठ पुगेको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले लेबनानको राजधानी बेरुतमा भएको आक्रमणमा आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटमा इजरायली हमलामा ५९ जना घाइते भएको जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
दक्षिणी बेरुतको हिज्बुल्लाहको गढ दहिहमा रहेका बीबीसीका ह्युगो बाचेगाले हवाई हमला भएको ठाउँवरपरका क्षेत्रलाई घेराबन्दी गरिएको बताएका छन्।
उनका अनुसार हिजबुल्लाहले यस सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको छ। हिजबुल्लाहका मानिसहरूले पत्रकारहरूलाई घटनास्थलमा जानबाट रोकेका छन्।
यसअघि समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै इजरायली आर्मी रेडियोको रिपोर्टअनुसार इजरायलले बेरुतमा हिजबुल्लाह कमान्डर इब्राहिम अकिललाई लक्ष्य गरी हमला गरेको जनाएको थियो।
93
Shares
प्रतिक्रिया