ad ad

ग्लोबल


नयाँ राष्ट्रपतिको निर्वाचनपूर्व श्रीलंकामा आपत्काल

नयाँ राष्ट्रपतिको निर्वाचनपूर्व श्रीलंकामा आपत्काल

नेपालखबर
साउन २, २०७९ सोमबार ११:५०, काठमाडौँ

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रानिल विक्रमासिंघेले आपतकाल घोषणा गरेका छन्।

आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको श्रीलंकामा विक्रमासिंघेले आइतबार अबेर आपतकाल घोषणा गरेका हुन्। यसै साता हुने नयाँ राष्ट्रपतिको निर्वाचनमा फैलिन सक्ने अशान्तिलाई ध्यानमा राख्दै विक्रमासिंघेले आपतकाल घोषणा गरेका हुन्। 

गत अप्रिलयता श्रीलंकामा धेरैपटक आपतकाल लागिसकेको छ। पछिल्लो समय आर्थिक संकट रोक्न सरकारले पर्याप्त कदम नचालेको र आवश्यक सामग्रीको अभाव भएको भन्दै मानिसहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। सोही प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले आपतकाल लगाउँदै आएको छ।

विक्रमासिंघेले जारी गरेको विज्ञप्तिमा आम नागरिकको सुरक्षा र नागरिक सन्तुलन र आपूर्ति तथा सेवा आपूर्ति कायम राख्न आपतकाल लगाउनु आवश्यक रहेको उल्लेख गरिएको छ। 

गत साता विक्रमासिंघेले  राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेसँगै आपतकाल घोषणा गरेका थिए। यद्यपि यो आपतकालबारे आधिकारिकरुपमा सूचित भने गरिएको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .