गैरआवासीय नेपाली संघ जापान, क्युस्यूले जापानको फुकुओका शहरमा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानमा अध्ययनरत करिब पाँच सय नेपाली विद्यार्थीको भविष्यप्रति चिन्ता जाहेर गरेको छ।
सो शैक्षिक संस्थालाई फुकुओका अध्यागमन सेवा एजेन्सीले रद्द गरिदिएको थियो। उक्त विद्यालयमा अध्ययनरत झण्डै पाँच सयको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरुमा चिन्ता एवं अन्योल सिर्जना भएकोप्रति एनआरएनए क्युस्युले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एनआरएनए क्युस्युले विज्ञप्ति प्रकाशित गरी उक्त समाचार आएसँगै जिम्मेवार निकायहरु अध्यागमन सेवा एजेन्सी, उक्त शिक्षण संस्थान एवं अन्य सरकारी निकायसँग छलफल गर्दै आइरहेको जनाएको छ।
१४ तारिखमा भएको छलफलमा उक्त शिक्षण संस्थानका प्रिन्सिपलले यस घट्नाबाट आम जनमासमा पर्न गएको असरप्रति क्षमायाचन गरेका उल्लेख गरिएको छ।
साथै कलेजमा ट्रान्सफर गर्न छिट्टै नै सहज बनाउने र सोही कलेजमा पढ्न चाहने तथा विविध कारणले कलेज ट्रान्सफर गर्न नसक्नेहरुलाई निरन्तर पढाउन एनआरएनले आग्रह गरेको छ।
साथै, कलेजबाट ठोस निर्णय नआउन्जेलसम्म धैर्य धारण गरी विद्यार्थीहरुलाई निरन्तर आफ्नो पढाइ अगाडि बढाउन अपिल समेत गरिएको छ।
त्यस्तै, अध्यागमनका अधिकारी सँग विभिन्न चरणमा भएको कुराकानी अनुसार उक्त कलेज रद्द भए पनि हाल अध्ययनरत विद्यार्थीलाई कुनै असर नपर्ने भएकोले निर्धक्क भई आफ्नो अध्ययन जारी राख्न भनिएको छ।
Shares
प्रतिक्रिया