किर्गिस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा भएको झडपमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको छ। उक्त सीमाक्षेत्रमा पछिल्लो केही वर्षयताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी झडप भएको हो।
उक्त सीमाक्षेत्रमा गत बुधबार झडप सुरु भएको थियो। शुक्रबार दुवै पक्षबीच युद्धविराम भएको थियो। पूर्व सोभियत यी दुई मुलुकबीच बेलाबेलामा झडप हुँदै आएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दुवै पक्षलाई शान्तिपूर्णरुपमा यो मामिला सुल्झाउन आग्रह गरेका छन्।
ताजिकिस्तान र किर्गिस्तानबीच एक हजार किलोमिटर लामो सीमा जोडिएको छ। जसमध्ये करिब एक तिहाइ सीमामा विवाद छ। यसअघि सन् २०२१ मा पनि यी दुई मुलुकको सीमामा भएको झडपमा ५० जनाको मृत्यु भएको थियो।
आइतबार अबेर किर्गिस्तानले सीमाक्षेत्रमा भएको झडपमा परी आफ्ना ५९ नागरिकको मृत्यु भएको बताएको छ भने एक सयभन्दा धेरै घाइते भएको बताएको छ।
ताजिकिस्तानले भने आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका थिए।
Shares
प्रतिक्रिया