पाकिस्तानमा नेपालको संविधान दिवस मनाइएको छ।
संविधान दिवसका अवसरमा इस्लामावादस्थित नेपाली दूतावासले मंगलबार एक कार्यक्रम आयोजना गरेको हो। पाकिस्तानका उर्जामन्त्री खुर्रम दस्तगिर खान कार्यक्रमका मुख्य अतिथी थिए। उनले संविधान दिवसका अवसरमा नेपाल र नेपाली जनतालाई बधाई दिए। त्यसैगरी नेपाल र पाकिस्तानबीच हार्दिक संम्बन्ध रहेको उनले बताए।
कार्यक्रममा नेपाली राजदूत तापस अधिकारीले संविधान दिवस र यसको महत्वमाथी प्रकाश पारे। उनले नयाँ संविधानले संघीय प्रणाली मानवअधिकार र लोकतान्त्रिक मान्यता सहितको सहितको शाशन ब्यवस्था परिकल्पना गरेको बताए। नेपाल र पाकिस्तानबीच मित्रता र सहकार्यमा आधारित सुमधुर संबन्ध रहीआएको उनले चर्चा गरे।
राजदूत अधिकारीले हालै आएको बाढीबाट सिर्जित संकटबाट प्रभावित पाकिस्तानी जनता र सरकारप्रति समवेदना ब्यक्त गरे। उनले नेपाल र पाकिस्तान दुःखका बेलाको साथी भएको बताए। मंगलबार बिहान राजदूत अधिकारीले दूतावास परिसरमा झन्डोत्तोलन गरे।
कार्यक्रममा पाकिस्तानका संघीय मन्त्री, संसद सदस्यहरु, पूर्व मन्त्रीहरु, पूर्व सैनिक अधिकारीहरु, नेपालका लागि पूर्व पाकिस्तानी अधिकारीहरु र इस्लामावादस्थित विदेशी कुटनीतिज्ञहरु उपस्थित थिए।
Shares
प्रतिक्रिया