ad ad

ग्लोबल


अमेरिकी दावी : युक्रेन युद्धमा इरान सिधै संलग्न भयो

अमेरिकी दावी : युक्रेन युद्धमा इरान सिधै संलग्न भयो

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १२:१५, काठमाडौँ

अमेरिकाले युक्रेन युद्धमा रसियालाई सघाउन इरानले आत्मघाती ड्रोनपछि युद्ध विशेषज्ञ नै पठाएको दावी गरेको छ। 

इरानले युक्रेनमा ड्रोन हमला गर्नका लागि आफ्ना सैन्य विशेषज्ञलाई क्रिमियामा तैनाथ गरेको पनि जनाएको छ।

अमेरिकी अधिकारीले क्रिमियामा रहने गरी इरानले ड्रोन आक्रमणका लागि सघाउने प्रशिक्षक र सहयोगी जनशक्ति पठाएको हो।

सोमवार युक्रेनको राजधानी कीभमा 'कामिकाजी' ड्रोनबाट हमला भएको थियो। समाचार अनुसार यी ड्रोन रुसले  प्रयोग गरेको थियो तर इरानमा बनेका हुन्। 

अर्कातिर बेलायतले रसियाका लागि ड्रोन आपूर्ति गर्ने कम्पनी र केही व्यक्तिहरुमाथि पनि प्रतिबन्ध लगाएको छ।

व्हाइट हाउस नेशनल सेक्युरिटी प्रवक्ता जोन किर्बीले बताए अनुसार इरानी सैनिक क्रिमियामा पुगेका छन्। जसले ड्रोन आक्रमणका लागि रसियालाई सघाइरहेका छन्। 

रूसको ड्रोन हमलाबाट कीभमा भारी क्षति भएको छ। 'केही इरानी प्राविधिक सहयोग गरिरहेका छन्। उनीहरुकै सहयोगमा रुसले यी ड्रोन युक्रेनको राजधानी किभमा उतारेर आक्रमण गरिरहेको छ', ती अधिकारीले भने। 

किर्बीले तेहरान अब सिधै युक्रे युद्धमा सामेल भएको दाबी गरे। इरानी हतियारका कारण युक्रेनका भौतिक संरचना र सर्वसाधारणलाई पनि क्षति पुगिरहेको पनि उनले बताए। 

युक्रेनका जनताविरुद्ध इरानी हतियार प्रयोगलाई रोक्न अमेरिकाले हरेक किसिमका कदम चाल्ने पनि उनले बताए। 

सोमवार  भएको हमलापछि युक्रेनले पनि इरानमा बनेका कामिकाजी ड्रोन प्रयोग भएको बताएको छ।

युक्रेनका रणनीतिक संरचनालाई ती ड्रोनले निशाना बनाएका छन्। यो सातामात्रै हमलाका क्रममा युक्रेनको करिब एकतिहाइ विद्युत् स्टेशन ध्वस्त भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .