ad ad

ग्लोबल


पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

१३ जना घाइते, १२ वटा सवारीसाधन ध्वस्त
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
पुस ५, २०७९ मंगलबार १७:५८, इस्लामावाद

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। 

स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिन्डरमा ग्यास भर्ने क्रममा विस्फोट हुँदा उक्त हताहती भएको हो। विस्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो। आगोमा परी २५ जना घाइते भएको तथा तीमध्ये १२ जनाको मृत्यु भएको हो। 

घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह सहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

विस्फोटबाट सुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिन्डर पनि विस्फोट हुँदा नजिकैका चारवटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारीसाधन ध्वस्त भएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .