ad ad

ग्लोबल


आमाको अन्तिम संस्कारलगत्तै मोदीले उद्घाटन गरे पश्चिमबंगालको रेल सेवा

आमाको अन्तिम संस्कारलगत्तै मोदीले उद्घाटन गरे पश्चिमबंगालको रेल सेवा

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १२:४३, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हिरा बाको अन्तिम संस्कारलगत्तै नियमित काममा जुटेका छन्। 

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा अहमदाबादमा उनले आमालाई दागबत्ति दिएका थिए। त्यसपछि उनी अहमदाबादबाट भिडिओ कन्फ्रेन्सिङमार्फत पश्चिम बंगालमा आयोजित कार्यक्रममा जोडिएका हु्न। उनले त्यहाँबाट हावडा-न्यु जलपाईगुडी वन्दे भारत रेललाई हरियो झण्डा देखाए।

कार्यक्रममा सामेल पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीकीदी आमाको निधनमा दु:ख जनाइन्। 

उनले आमाको निधनपछि मोदी पीडामा रहेको बताउँदै आराम गर्न भनिन्। 'तपाईंमा परेको शोक महसुस गर्न सक्छु। तपाईंकी आमा हाम्री पनि आमा। ईश्वरले तपाईंलाई आफ्नो काम जारी राख्न शक्ति दिऊन्। तपाईंलाई केही समय आराम गर्न अनुरो छ', उनले भनिन्। 

मोदीले सम्बोधनका क्रममा बंगालको पुण्य धर्ती भन्दै नमस्कार गरे।

'म व्यक्तिगत कारणले तपाईंहरुबीच आइपुग्न सकिनँ। यसका लागि क्षमाप्राथी छु। रेलवे र मेट्रो प्रोजेक्टसहित कयौँ परियोजनाको उद्घाटन भएको छ। वन्दे भारत ट्रेनका लागि तपाईंहरु सबैलाई बधाई।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .