अमेरिकाको एक स्कुलमा ६ वर्षका बालकले आफ्नी शिक्षिकालाई गोली हानेको प्रहरीले बताएको छ। बालकलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
घटना भर्जिनिया राज्यको न्युपोर्ट न्युज सहरस्थित रिचनेक एलिमेन्ट्री स्कुलमा भएको हो।
प्रहरीले एक विज्ञप्ति जारी गर्दै शिक्षिकालाई गोली हानेको आरोपमा बालकलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीले गोली प्रहार दुर्घटनावश नभएको पनि स्पष्ट पारेको छ।
३० वर्षमाथिकी घाइते शिक्षिकालाई स्थानीय अस्पताल भर्ना गरिएको छ।
बालकले बन्दुक कसरी फेला पारे र स्कुलमा कसरी ल्याए भन्ने प्रहरीले खुलाएको छैन। आतंकित बनेका अन्य बालबालिकालाई मनोपरामर्श दिइएको छ। गार्डियन
48
Shares
प्रतिक्रिया