जापानको तटमा एउटा जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन्।
जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो।
जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेको र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो।
फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेको चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताएका छन्। रासस/एएफपी
36
Shares
प्रतिक्रिया