साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले रुसमाथि पश्चिमको प्रतिबन्धले भविष्यमा तेल संकट निम्तिने चेतावनी दिएका छन्।
युक्रेन युद्धको बहानामा रूसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध विश्वव्यापी ऊर्जा संकटको कारण बन्न सक्ने उनले चेतावनी दिएका हुन्।
समाचार एजेन्सी रोयटर्सकाअनुसार राजकुमार अब्दुल अजिजले शनिवार राजधानी रियादमा एक सम्मेलनका क्रममा यस्तो भनेका हुन्।
एक प्रश्नको जवाफमा उनले भने, 'प्रतिबन्ध र लगानीको कमीका कारण हामीलाई सबैभन्दा आवश्यकता परेको एक ऊर्जाको संकट पैदा हुनेछ।'
राजकुमार अब्दुल अजिजले साउदी अरबले युक्रेनमा एलपीजी पठाउने तयारी गरिरहेको बताएका छन्। युक्रेनमा यसको मुख्य प्रयोग घरमा न्यानो बनाउन गरिन्छ।
उनले सन् २०२२ को तेल बजारबारे चर्चा गर्दै विश्वका अन्य देशहरुले 'ओपेके प्लस देशमा भरोसा गर्नु' जरुरी रहेको पनि बताएका छन्।
युरोपेली संघले रूसमाथि कयौँ किसिमका प्रतिबन्ध लगाएको छ। जसले रूसको आयात-निर्यात घटेको छ। अर्कातिर अन्य पश्चिमी देशले पनि रूसको आर्थिक क्षमता सीमित गर्न अरु प्रतिबन्ध थोपरेका छन्।
Shares
प्रतिक्रिया