ad ad

ग्लोबल


सोमालील्यान्ड झडपमा ९६ जनाको मृत्यु

सोमालील्यान्ड झडपमा ९६ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:५३, मोगादिसु

सोमालील्यान्डको छुट्टिएको सोमाली क्षेत्रमा सुरक्षा बल र जातीय समूहका सदस्यबीच १७ दिनसम्म भएको झडपमा कम्तीमा ९८ जनाको मृत्यु भएको तथा पाँच सय ६० जना घाइते भएका छन्। 

लस अनोडको मुख्य अस्पतालका निर्देशक अहमद मोहम्मद हसनले घाइते तथा हताहतिबारे एपएफपीलाई जानकारी दिए पनि समूहका प्रमुख गारद जामा गरद अलीले बुधबार एक सय पचास जनाको ज्यान गएको तथा पाँच सय जना घाइते भएको बताएका थिए। 

सन् १९९१ देखि सोमालील्यान्डले सोमालियाबाट स्वतन्त्रताको दाबी गरिरहेको छ तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छैन। राजनीतिक तनावका कारण सरकारी सेना र सोमालियाप्रति वफादार नागरिक सेनाबीच घातक हिंसाका घटना हुने गरेका छन्।

पछिल्लो झडप फेब्रुअरी ६ देखि  लास एनोडबाट  सुरु भएको पछिल्लो झडप आज बिहानसम्म पनि जारी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यसै महिनाको १० तारिखमा सोमालील्यान्डका अधिकारीले युद्धविराम घोषणा गरे पनि केही दिनपछि सोमालियाले आफ्ना सेनाविरुद्ध आक्रमण गरेको आरोप लगाएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .