ad ad

ग्लोबल


आखिर कहाँ छन् बेपत्ता भनिएका यी चिनियाँ अर्बपति?

आखिर कहाँ छन् बेपत्ता भनिएका यी चिनियाँ अर्बपति?

नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:५१, काठमाडौँ

डेढ सातादेखि बेपत्ता भनिएका चिनियाँ अर्बपति बाओ फानबारेमा उनको कम्पनीले आफ्नो भनाइ सार्वजनिक गरेको छ।

अर्बपति बाओ फानको कम्पनी चाइना रेनेशान्श होल्डिङ्सले उनका संस्थापक फान पछिल्ला दिनमा चिनियाँ सरकारी अधिकारीले गरिरहेको अनुसन्धान र जाँचलाई सघाइरहेको जनाएको छ।

केही दिनअघि चाइना रेनेशान्श होल्डिङले आफ्ना सीइओ पछिल्लो १० दिनदेखि बेपत्ता भएको जनाएको थियो।

त्यसपछि उनको निजी बैंकिङ कम्पनीको शेयर मूल्यामा करिब ३० प्रतिशत गिरावट आएको थियो।

कम्पनीले हङकङ स्टक एक्सचेन्जलाई भनेको थियो, 'बोर्डलाई मिलेको जानकारी अनुसार बाओ फान यसबेला चीनका अधिकारीहरुले गरिरहेको जाँचमा सहयोग गरिरहेका छन्। चिनियाँ अधिकारीको तर्फबाट गरिएको अनुरोधअनुसार उचित सहयोग उपलब्ध गराउन कम्पनी तयार छ।'

चाइना रेनेशान्श होल्डिङ्सले आफ्नो सीइओ गायब हुनुको कारण चिनियाँ सरकारको तर्फबाट गरिरहेको छानबिनसँग जोडिएको यो पहिलो पटक भएको जनाएको छ।

तर कम्पनीले चीन सरकारले आफूहरुमाथि कुन विषय र मुद्दामा जाँच गरिरहेको भन्ने खुलाएको छैन।

समाचार एजेन्सी रोयटर्सले यसै महिनाको सुरुमा जाँचकर्ताहरुले कम्पनीका पूर्व अध्यक्ष कङ् लिनविरुद्ध पनि जारी जाँचको सिलसिलामा बाओ फानलाई लगेका थिए। 

चीन सरकारले पछिल्लो केही महिनायता कयौँ ठूला प्रविधि कम्पनीविरुद्ध कडा कदमसहित छानबिन थालिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .