दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवात (आँधि)का कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुगेको छ।
विपद् ब्यावस्थापन मामिला विभागका अनुसार अहिलेसम्म आँधीको कारण ७०७ जना घाइते भएका ४१ जना हराइरहेका छन्।
आँधिबाट मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू प्रभावित भएका छन्।
पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका छन्।
मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेका छन्।
डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ।
यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले प्रभावित क्षेत्र र समुदायको भ्रमण गरेका छन्। देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने जनाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया