चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच क्रेमलिनमा अनौपचारिक वार्ता सुरु भएको छ।
तीन दिने राजकीय भ्रमणका लागि राष्ट्रपति सी मस्को पुगेका हुन्।
उनीहरुबीच द्विपक्षीय औपचारिक वार्ता भने मंगलबार हुनेछ। उनीहरुले दुई संयुक्त वक्तव्य जारी गर्ने र एक दर्जन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ।
सी र पुटिनले सैन्य तथा उर्जा क्षेत्रमा रणनीतिक सहकार्यका विषयमा छलफल गर्ने बताइएको छ।
सी युक्रेन मामिलामा चीनले मध्यस्थता गर्ने चर्चाका बीच मस्को पुगेका हुन्। एजेन्सी
72
Shares
प्रतिक्रिया