ad ad

ग्लोबल


जसका कारण जेल जान सक्छन् ट्रम्प

जसका कारण जेल जान सक्छन् ट्रम्प

फाइल फाेटाे : पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पोर्न स्टार स्टर्मी डेनियल


नेपालखबर
चैत १७, २०७९ शुक्रबार २२:४२, काठमाडौँ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पोर्न स्टारलाई पैसा तिरेको मामिलामा औपचारिक रूपमा अभियोग लगाइने भएको छ।

बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै अदालतका प्रवक्ताले भने कि डोनाल्ड ट्रम्पबारे अप्रिल ४ दिउँसो अदालतमा सुनुवाइ हुनेछ।

केही समयअघि ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै आफूलाई फसाउन यो अभियोग लगाइएको लेखेका थिए। उनले मुद्दाको जिम्मा पाएका न्यायाधीशलाई पनि निशाना बनाए।

यसैबीच अमेरिकी राष्ट्रपतिका प्रेस सचिवका अनुसार मिडिया रिपोर्टहरूमार्फत राष्ट्रपति जो बाइडेनलाई डोनाल्ड ट्रम्पविरुद्ध आधिकारिक रूपमा आरोप लगाइने कुरा थाहा भएको छ।

यस विषयमा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले कोही पनि कानुनभन्दा माथि नभएको र यो कुरा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमा पनि लागू हुने बताइन्। 

पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्पको अभियोगमा असन्तुष्टि व्यक्त गर्दै मुद्दाको नेतृत्व गरिरहेका म्यानहट्टनका वकिल राजनीतिक रूपमा प्रेरित भएको बताएका छन्। यसले देश विभाजन गर्ने काम गर्ने उनको भनाइ छ। 

डोनाल्ड ट्रम्पका वकिलले अर्को हप्ता ट्रम्प न्युयोर्कको अदालतमा हाजिर हुनेछन् तर उनलाई हतकडी नलगाइने बताएका छन्। 

घटना के हो? 
–पोर्न स्टार स्टर्मी डेनियलले सन् २००६ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अफेयर भएको बताइन्।

–उनले सन् २०१६ मा ट्रम्पका वकिल माइकल कोहेनले चुप बस्न आफूलाई १ लाख ३० हजार डलर दिएको बताइन्। 

–यो गैरकानुनी होइन, तर ट्रम्पले आफ्नो खातामा यो भुक्तानी कसरी देखाएका छन् भन्ने कुराले उनलाई समस्यामा पारेको छ। ट्रम्पले यो भुक्तानी कानुनी शुल्कका रूपमा आफ्नो व्यापार रेकर्डमा गलत रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ।

–अब एक ट्रायल हुनेछ, जहाँ ट्रम्पले आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। उनले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। 

–यदि यो मामिलामा उनी दोषी ठहरिए जेल पनि जान सक्नेछन्।

–जहाँसम्म चुनावी अभियानको कुरा छ। अमेरिकी संविधानअनुसार उनले आरोप लागे पनि चुनावी अभियान जारी राख्न सक्छन्। उनले सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने कुरा गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .