ad ad

ग्लोबल


जम्मू–कश्मीरको उधमपुरमा पुल भत्किँदा ४० जना घाइते

जम्मू–कश्मीरको उधमपुरमा पुल भत्किँदा ४० जना घाइते

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १८:५४, काठमाडौँ

जम्मु कश्मीरको केन्द्र शासित प्रदेशको उधमपुर जिल्लामा शुक्रबार वैशाखी मेला चलिरहेको बेला फुटब्रिज (पुल) भत्किँदा करिब ४० स्थानीय घाइते भएका छन्।

प्रहरीका अनुसार घटना दिउँसो २ बजे बैसाखी पर्वका क्रममा चेनानी ब्लकको बैन गाउँस्थित बेनी संगममा भएको हो।

उधमपुरका प्रहरी उपरीक्षक डा विनोद कुमारले बीबीसी हिन्दीलाई टेलिफोनमा भने कि फुट ब्रिज भत्किँदा कम्तीमा ३० देखि ४० जना घाइते भएका छन्।

दुर्घटनाका बेला पुलमुनि नुहाउने क्रममा महिला, बालबालिका र वृद्धवृद्धा घाइते भएका छन्।

डा. विनोद कुमारका अनुसार दुर्घटना हुँदा पुलको माथि ठूलो संख्यामा मानिसहरु उभिरहेका थिए भने केही मानिसहरु हिँडिरहेका थिए।

दुर्घटना लगत्तै स्थानीय बासिन्दा, प्रहरी र केन्द्रीय सुरक्षा बलको सहयोगमा घाइतेहरुलाई चेनानी अस्पताल पुर्‍याएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .