ad ad

राजनीति


भ्यागुताको कथा सुनाउँदै चित्रबहादुरले गरे दलरूको अस्थिर चरित्रप्रति व्यंग्य

भ्यागुताको कथा सुनाउँदै चित्रबहादुरले गरे दलरूको अस्थिर चरित्रप्रति व्यंग्य

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १९:७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुका नेतामा स्थिरता नहुँदा देशले दुःख पाएको बताएका छन्। 

बुटवलमा शुक्रबारदेखि सुरु भएको रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालका राजनीतिक दलहरूको चरित्र भ्यागुताको जस्तो भएको बताए।

सत्ता र अवसरलाई केन्द्रमा राखेर काम गर्ने दलहरूको चरित्रलाई भ्यागुतासँग तुलना गर्दै केसीले एउटा कथा सुनाए।  

‘गाउँमा एउटा दम्पत्ति भोज खान गएछन्। भोजमा भ्यागुता (पाहा) को परिकार पनि पकाइएको रहेछ। भ्यागुताको परिकार उनीहरूलाई खुब मन परेछ। घर आएर पतिले पत्नीलाई भनेछन्, भोजमा खाएका थियौँ नि, त्यही खान्की पकाऊ न तर पत्नीले पतिको कुरा बुझेनछन् अनि सोधिछन्, के पकाउने हो? बुझ्ने गरी भन्नुस् न। त्यपछि पतिले भनेछन्, त्यो के, त्यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ। अब पत्नीले भनिछन्, भ्यागुतो? पतिले भनेछन्, अँ।’

कथा सुनाउँदै अध्यक्ष केसीले नेपाली राजनीतिक दलहरूको चरित्र पनि त्यस्तै भएको बताए।

‘सत्ता र अवसर पाए नेपालका दलहरू जुनसुकै पार्टीमा पनि मिसिन्छन्’ उनले भने, ‘तपाईंले देख्नुभयो नि, राजनीतिक दलका मान्छेहरू सत्ताका लागि जुनसुकै दलसित पनि मिल्छन् भन्ने। त्यसका लागि खालि मन्त्री पद चाहियो।’

कार्यक्रममा रक्तिमका संस्थापक सदस्य राजेश विश्वकर्मा र पूर्व अध्यक्ष रेम रानालाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो ।

अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता, महासचिव जीवन शाहीको सञ्चालन र उपाध्यक्ष हेमराज पुनले स्वागत गरेको कार्यक्रममा रक्तिम कलाकार टोलीले विभिन्न सांस्कृतिक प्रस्तुती देखाएका थिए।

वैशाख ३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .