ad ad

ग्लोबल


जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार, सकुशल उद्धार

जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार, सकुशल उद्धार

नेपालखबर
बैशाख २, २०८० शनिबार १२:३२, काठमाडौँ

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि हमला गरिएको छ।

शनिबार बिहान जापानको पश्चिमी भूभागको एक स्थानमा र्‍यालीलाई सम्बोधन गर्न जाँदा उनीमाथि स्मोक बम प्रहार भएको हो।

उक्त स्थानमा विष्फोटको ठूलो आवाज पनि सुनिएको थियो। तर सुरक्षाकर्मीले प्रधानमन्त्री काशिदोलाई सुरक्षित उद्धार गरी अन्यत्र लिएर गएका थिए। आक्रमण स्थलमा कुनै क्षति नभएको बताइएको छ।

प्रहरीले आक्रमणमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। 

घटनापछि एक प्रहरीले सुरक्षा बढाएर एक व्यक्तिलाई पक्राउ गरी लैजाँदै गरेको दृश्य देखिएको छ। 

प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री काशिदोको अगाडि धुँवा निस्किरहेको केही पाइपजस्तो वस्तु फ्याँकिएको थियो। प्रहरी तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो, सार्वजनिक तस्वीरमा तीनजना प्रहरी अधिकारीले संदीघ्द व्यक्तिलाई भुइँमा पछारेर समातिरहेको देखन् सकिन्छ।

जापानको सुरक्षा निकायले हालसम्म घटनाबारे आधिकारिक केही जानकारी गराएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .