ad ad

ग्लोबल


अमृतपाल सिंहलाई लगियो असमको डिब्रुगढ जेल

अमृतपाल सिंहलाई लगियो असमको डिब्रुगढ जेल

पक्राउका क्रममा अमृतपाल सिंह। तस्बिर : बीबीसी हिन्दी


नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:५०, काठमाडौँ

भारतको पन्जाबबाट खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंहलाई असमको डिब्रुगढ जेल लगिएको छ।

आइतबार बिहान भारतको पन्जाबस्थित मोगाको रोद गाउँबाट पक्राउ परेका उनलाई पन्जाब प्रहरीले भटिन्डाको एयर फोर्स स्टेसन लगेको थियो। त्यहाँबाट उनलाई असमको डिब्रुगढ जेल पठाइएको बीबीसी हिन्दीले जनाएको छ।

अमृतपाल सिंहका ८ साथी पहिले नै डिब्रुगढ जेलमा छन्। ती सबैविरुद्ध एनएसए लगाइएको छ। अमृतपाल सिंहविरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार पञ्जाब प्रहरीका महानिरीक्षक सुखचैन सिंह गिलले एनएसएअन्तर्गत अमृतपालविरुद्ध जारी वारेन्ट आज बिहान कार्यान्वयन गरिएको बताएका छन्। 

अमृतपाल र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीलाई हातपात र सरकारी कर्मचारीको काममा अवरोध अभियोगमा मुद्दा दर्ता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .