जापानको हिरोसिमामा जारी सात राष्ट्रको समूह (जी-७) सम्मेलनको अन्तिम दिन आज अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने भएका छन्।
अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान लिन सहयोग गर्ने भएको छ।
जेलेन्स्कीले भनेका छन्, ‘यसले युक्रेनको सेनाको क्षमतामा ठूलो वृद्धि गर्नेछ।’
युक्रेनी राष्ट्रपति जेलेन्स्की शनिबार जापानको हिरोसिमा पुगेका हुन्।
यसअघि बेलायती प्रधानमन्त्री ऋषि सुनकले जी–७ युक्रेनका जनतासँग दृढताका साथ उभिने बताएका थिए। बीबीसी
18
Shares
प्रतिक्रिया