ad ad

ग्लोबल


काखोभका बाँध भत्किएपछि सत्र जनाले ज्यान गुमाए

काखोभका बाँध भत्किएपछि सत्र जनाले ज्यान गुमाए

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८० मंगलबार २२:२६, काठमाडौँ

काखोभका जलविद्युत् आयोजनाको बाँध भत्कँदा  खेर्सोन क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको क्षेत्रीय सरकारका प्रमुख आन्द्रेई अलेक्सेन्कोले मङ्गलबार बताएका छन्।

आज बिहान होला प्रिस्टनमा १२ र ओलेस्कीमा पाँच जनाको मृत्यु भएको पुष्टि भएको अलेक्सेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन्। विशेष गरी ओलेस्की र होला प्रिस्टन क्षेत्रमा सञ्चार पूर्वाधारमा गम्भीर क्षति भएको छ।

गत मङ्गलबार काखोभका जलविद्युत् आयोजनालाई लक्षित गरी भएको आक्रमणबाट बाँध भत्किएपछि बाढीबाट बृहत् विनाश भएको छ भने हजारौँ बासिन्दा बाध्य भएर सुरक्षित स्थानतर्फ पलायन भएका छन्। (रासस सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .