ad ad

ग्लोबल


अफगानिस्तानको कोइलाखानीमा निसासिएर २ मजदुरको मृत्यु, ३५ जना बेहोस

अफगानिस्तानको कोइलाखानीमा निसासिएर २ मजदुरको मृत्यु, ३५ जना बेहोस

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २१:४, काबुल

अफगानिस्तानको साङ्गन प्रान्तमा निसासिएर दुईजना खानी मजदुरको मृत्यु भएको छ भने ३५ जना बेहोस भएका छन्। साङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो। 

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका  गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन्। सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन्। बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा  निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का बेहोस भएका थिए। ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .