ad ad

ग्लोबल


अमेरिकी राष्ट्रपतिका छोराले आयकर नतिरेको र गैरकानुनी बन्दुक राखेको स्वीकारे

अमेरिकी राष्ट्रपतिका छोराले आयकर नतिरेको र गैरकानुनी बन्दुक राखेको स्वीकारे

नेपालखबर
असार ५, २०८० मंगलबार २१:५३, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन्।

हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन्। 

हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन्।

‘राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुनः र्निर्माण जारी राख्छ,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .