ad ad

ग्लोबल


एक वर्षभित्र जापानमा हराए साढे ८४ हजार मानिस

एक वर्षभित्र जापानमा हराए साढे ८४ हजार मानिस

फाइल फाेटाे


नेपालखबर
असार १०, २०८० आइतबार १९:४८, टोकियो

जापानमा  हराउने व्यक्तिहरूको सङ्ख्या क्रमश: बढ्दै गएको पाइएको छ।  यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ। जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ। 

बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन्। यो समूह कूल बेपत्ताको लगभग ४० प्रतिशत छ। 
यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ। 

सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि  बेपत्ता हुनेको सङ्ख्या क्रमशः  बढ्दो क्रममा  छ। यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ। 

तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो।

स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जीपीएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड)  राख्न आग्रह गरिरहेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .