ad ad

कारोबार


नक्सा पास भएको २ वर्षसम्म कर तिर्नुनपर्ने, किस्ताको सुविधा पनि

नक्सा पास भएको २ वर्षसम्म कर तिर्नुनपर्ने, किस्ताको सुविधा पनि

नेपालखबर
असार १०, २०८० आइतबार १९:५२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले नक्सा पास भएको २ वर्षसम्म सपत्तिकर नलिने भएको छ।

बजेटमा समावेश आर्थिक विधेयक अनुसार २ वर्ष अवधीलाई निर्माण समय मानेर सम्पत्ति कर नलिने बताएको हो।

काठमाडौं महानगर भित्रको घर र उक्त घरको घडेरीको मूल्यांकन १ करोड भएमा १ हजार रुपैयाँ कर बुझाउन पर्ने छ। २ करोड रहेमा २ हजार ५ सय, ३ करोडको ४ हजार ५ सय, ४ करोडको ८ हजार ५ सय  ५ करोडको १४ हजार ५ सय, ६ करोडको, २४ हजार ५ सय, ८ करोडको ८४ हजार ५ सय, १० करोडसम्मको १ लाख ७४ हजार ५ सय र १० करोड भन्दा माथिकोलाई ६ लाख रुपैयाँ कर तिर्नुपर्ने छ।

त्यस्तै गरि नयाँ आर्थिक वर्षदेखि सम्पतिकर, घर बहाल कर र व्यवसाय कर किस्तामा बुझाउने व्यवस्था गरेको छ। करदाताले अधिकतम ६ किस्तामा दामासाही रुपमा कर बुझाउन सकिने आर्थिक विधयेकमा बताएको छ। सम्पत्ति कर पुस मसान्त सम्ममा किस्तामा कर दाखिला गरे जरिवाना छुट हुने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .