ad ad

ग्लोबल


युक्रेन युद्धका ५ सय दिन, ९ हजार बढी नागरिक मारिए

युक्रेन युद्धका ५ सय दिन, ९ हजार बढी नागरिक मारिए

नेपालखबर
असार २४, २०८० आइतबार ११:३२, काठमाडौँ

युक्रेनविरुद्ध रुसले सुरु गरेको युद्धका ५ सय दिन बितेका छन्। यो अवधिमा ९ हजार युक्रेनी नागरिक मारिएको युक्रेनस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार अनुगमन मिसनले जनाएको छ।

मारिनेमा ५ सय जना बालबालिका पनि छन्। 

मारिनेको संख्या यो भन्दा बढी हुनसक्ने अनुमान मिसनको छ। यो पुष्टि भएको तथ्यांक मात्रै हो।

रुसले २२ फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध युद्ध सुरु गरेको थियो।

'युक्रेनमा नागरिकको मृत्यु डरलाग्दो रुपमा बढेको छ,' आक्रमण सुरु भएको पाँच सय औँ दिनमा विज्ञप्ति निकाल्दै मिसनका उपप्रमुख नोयल कल्हौनले बताए।

यो वर्षको सुरुका ४ महिनामा अघिल्लो वर्षको तुलनामा मारिनेको संख्या केही घटेको थियो। तर मे र जुनमा रुसले आक्रमण बढाएपछि उक्त संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ।

जुन २७ मा पूर्वी युक्रेनस्थित क्रामटोर्स्कमा रुसले मिसाइल आक्रमण गरेको थियो। उक्त आक्रमणमा ४ बालबालिकासहित १३ जना मारिए।

यस्तै गएको बिहीबार ल्भिभमा भएको आक्रमणमा थप १० जना मारिए भने ३७ जना घाइते भएका थिए।

रुसले युक्रेनमा नियमित आक्रमण गरिरहेको छ। विशेषगरी आवासीय क्षेत्र लक्षित मिसाइल आक्रमण भइरहेको दावी यूएन मिसनले गरेको छ। रुसले पूर्वाधार, जलाशय, विद्युत, आपूर्ति लाइन लगायतका क्षेत्रलाई लक्षित गरेर पनि आक्रमण गरिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .