नेपाली रक स्टार रोबिन तामाङलाई आइतबार अन्तिम श्रद्धाञ्जली दिइएको छ।
चर्चित रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का प्रमुख गायक तामाङको यही असार १९ गते निधन भएको थियो।
बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधनपछि ६० वर्षीय उनकाे पार्थिव शरीर आइतबार अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य एकेडेमीमा राखिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि आइतबार स्वयम्भूनाथ परिसरमाा अन्तिम संस्कार गरिँदैछ।
कयौँ चर्चित गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका उनलाई प्रज्ञा प्रतिष्ठानमा मन्त्रीहरुदेखि देशका चर्चित कलाकार र नेताहरुले पनि श्रद्धाञ्जली दिएका छन्र
बिहानैदेखि उनलाई श्रद्धाञ्जली दिन एकेडेमी परिसरमा कलाकार, फ्यानहरू र शुभेच्छुको ठूलो संख्यामा उपस्थिति छ।
429
Shares
प्रतिक्रिया