भारतस्थित आम आदमी पार्टीका सांसद सुशील गुप्ता आज (बुधबार) टमाटर र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन्।
सुशील गुप्ता आम आदमी पार्टीबाट राज्यसभा सांसद हुन्।
उनले आधिकारिक ट्विटर अकाउन्टमा टमाटर र अदुवाको माला लगाएको तस्विर पोस्ट गरेका छन्।
क्याप्सनमा उनले लेखेका छन्, ‘बहुत हुई महङ्गे टमाटर की मार, अबकी बार...।’
सुशील गुप्ताले मंगलबार आफ्नो ट्विटर अकाउन्टमा भिडिओ पोस्ट गरेका थिए। जहाँ टमाटर किन्ने मानिसको लामो लाइन छ।
संसद से 100 मीटर की दूरी पर भी टमाटर खरीदने के लिए लंबी लाइन लगी हैI
— Dr Sushil Gupta (@DrSushilKrGupta) August 8, 2023
पिछले कई दिनों से हम संसद में मोदी जी को खोज रहे हैं, लेकिन वो पता नहीं कहाँ गायब हैंI
मोदी जी का ये पुराना तरीका है, पूरे देश को लाइन में लगाकर खुद छु मंतर हो जाते हैंI pic.twitter.com/IZ466WAnI9
उनले ट्विटरमा लेखेका छन्, संसद्देखि १०० मिटरको दूरीमा पनि टमाटर किन्नका लागि लामो लाइन छ। पछिल्ला धेरै दिनदेखि संसद्मा मोदीजीलाई खोजिरहेका छौँ, तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाछैन।’
Shares
प्रतिक्रिया