ad ad

ग्लोबल


भारतले सय सहरमा १० हजार विद्युतीय बस चलाउने

भारतले सय सहरमा १०  हजार विद्युतीय बस चलाउने

नेपालखबर
साउन ३२, २०८० बिहिबार ११:४२, काठमाडौँ

भारत सरकारले १० हजार विद्युतीय बस सञ्चालन गर्ने भएको छ।

बुधबार बसेको भारतीय मन्त्रिपरिषद् बैठकले विद्युतीय बस सञ्चालनका लागि ५ खर्ब ७६ अर्ब भारतीय रुपैयाँ खर्च गर्न दिने निर्णय गरेको हो। 

भारतमा विद्युतीय बस पीएम ई बस सेवाअन्तर्गत सञ्चालन हुने छन्।

केन्द्रीय सरकारले २ खर्ब रुपैयाँ प्रदेश सरकारहरुलाई उपलब्ध गराउने छन्।

प्रदूषणरहित साधनको प्रवर्द्धन र जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको भारत सरकारले जनाएको छ। 

विद्युतीय बस सञ्चालनका लागि तीन लाखभन्दा बढी जनसंख्या भएका सहर छनोट गर्ने बताइएको छ।

बस सञ्चालन गर्न सरकारले १० वर्षका लागि सहयोग गर्ने भारतका सञ्चारमन्त्री अनुराग ठाकुरले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .