ad ad

ग्लोबल


४० बढी देश ब्रिक्स कन्ट्रीमा सहभागी बन्न इच्छुक

४० बढी देश ब्रिक्स कन्ट्रीमा सहभागी बन्न इच्छुक

नेपालखबर
भदौ २, २०८० शनिबार १९:५४, काठमाडौँ

ब्रिक्स देशहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका निभएको भन्दै विद्वानहरु प्रशंसा गरेका छन्।

इस्ताम्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरुले निभाएको भूमिकाका कारण अहिले केही अन्य देशहरु पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताए। 

ब्रिक्स देशहरूले विश्वको जनसंख्याको ४० प्रतिशत भन्दा बढी र विश्वव्यापी कुल आर्थिक उत्पादनको २० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ। अब यसको प्रमुख काम सदस्यता विस्तारमा लाग्नुपर्ने बताए। अहिले ४० भन्दा बढी देशहरू ब्रिक्स सदस्य बन्न प्रयास गरिरहेका छन्।

‘हामी संसारको उदाउँदै गरेको अर्थतन्त्र, अमेरिकी अधिपत्यको बिरोध गर्ने देशहरु, ब्रिक्सको वरिपरि एकतावद्ध भइरहेको देख्छौँ र संगठन बिसरतै अकार्षणको केन्द्र बनिरहेको छ,’ उनले भने।

उनले ब्रिक्समा चीन पनि सम्मिलित भएकाले ब्रिक्सलाई अझ शक्तिशाली बनाएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .