ad ad

ग्लोबल


अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ साउथर्न राइट ह्वेलका माउ र बच्चा भेटिए

अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ साउथर्न राइट ह्वेलका माउ र बच्चा भेटिए

सिन्ह्वा
भदौ ३, २०८० आइतबार १९:१९, काठमाडौँ

अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ प्रजातीको साउथर्न राइट ह्वेलका माउ र बच्चा फेला परेका छन्।

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आइतबार दिएको जानकारी अनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो।

एनएसडब्ल्यु राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपीडब्लुएस) ले जुलाई २७ देखि माउ र बच्चाको जोडीलाई ट्रयाक गर्दै आएको छ।

उनीहरुले ह्वेलको संरक्षण गर्न र उनीहरुलाई असर पुग्ने काम नगर्न आह्वानसमेत गरेको छ।

साउथर्न राइट ह्वेल एक लोपोन्मुख प्रजाति हो। यस प्रजातिका यस वर्ष २ मात्रै बच्चा फेला परेका छन्।

दक्षिणपूर्वी अस्ट्रेलियामा यसको संख्या २७० भन्दा कम छ। एनपीडब्ल्युएसले सबै वाटरक्राफ्टहरु, जहाजहरुलाई ती ह्वेलभन्दा कम्तीमा ३ सय मिटर टाढाबाट मात्रै यात्रा गर्न र ड्रोनलाई सय मिटरभित्र सबै ठाउँमा निगरानी गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .