ad ad

ग्लोबल


भारतमा तीर्थयात्री बोकेको बस खाडलमा खस्दा ७ जनाको मृत्यु (भिडिओ)

भारतमा तीर्थयात्री बोकेको बस खाडलमा खस्दा ७ जनाको मृत्यु (भिडिओ)

भारतको गंगोत्री राष्ट्रिय राजमार्गबाट खाडलमा खसेको बस।


नेपालखबर
भदौ ३, २०८० आइतबार २१:२५, काठमाडौँ

भारतस्थित उत्तरकाशीको गंगोत्रीबाट फर्किँदै गरेको बस गंगोत्री राष्ट्रिय राजमार्गको गंगनानी नजिकै गहिरो खाडलमा खसेको छ।

दुर्घटनामा ६ यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या सात पुगेको बीबीसी हिन्दीले जनाएको छ। 

दुर्घटनामा २७ यात्रु घाइते भएका छन्। एनडीआरएफ, एसडीआरएफ, मेडिकल टिम उद्धारमा खटिएका छन्। 

घाइतेलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भटवाडी र जिल्ला अस्पताल उत्तरकाशीमा उपचारका लागि पठाइएको छ।

मुख्यमन्त्री पुष्करसिंह धामीले ट्विट गर्दै गंगनानीको गंगोत्रीबाट उत्तरकाशी जाँदै गरेको बस दुर्घटनामा परी केही व्यक्तिको ज्यान गएको खबर अत्यन्तै दुखद भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .