ad ad

बागमती


भन्सार छली गरेर ल्याइएको ५ लाख बराबरको सामान हेटौंडामा बरामद

भन्सार छली गरेर ल्याइएको ५ लाख बराबरको सामान हेटौंडामा बरामद

नेपालखबर
भदौ ३, २०८० आइतबार २१:३१, काठमाडौँ

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट प्रहरीले भन्सार छली गरेर ल्याएका सामानहरु बरामद गरेको छ।

विभिन्नसवारीका साधनमा ल्याएका सामानहरु प्रहरीले बरामद गरेको हो। प्रहरीले पाँच लाख २७ हजार मुल्यबराबरका सामानहरु बरामद गरेको जनाएको छ।

बसमा लुकाई छिपाई ल्याएको अवस्थामा कपडा लगायतका सामानहरु बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। 

वीरगंज बाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४७३ नम्बरको बसमा यात्रु बस्ने सिटबाट काजु ६२ केजी, रजनी गन्ध १५ वटा सानो डब्बा, तुलसी सुर्ती ३ झोला बरामद गरिएको छ।

यसैगरी २० वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख २४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर २ काटन, फ्रेस क्रिम १ काटन, अमुल घिउ २ काटन बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस १ काटन भित्र सानो काटन २२ वटा, जुता २५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .