ad ad

ग्लोबल


सी र मोदीबीच सीमामा तनाव कम गर्ने र सेना पछि हटाउने सहमति

सी र मोदीबीच सीमामा तनाव कम गर्ने र सेना पछि हटाउने सहमति

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १२:५६,

चीन र भारत सीमा क्षेत्रमा रहेको तनाव कम गर्न सहमत भएका छन्। ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको वार्तामा सो समझदारी गरिएको हो।

बुधबार उनीहरुबीच दक्षिण अफ्रिकाको जोहानसबर्गमा कुराकानी भएको थियो।

बेइजिङले मोदीको आग्रहमा सो भेटघाट भएको जनाएको छ।

चीन र भारतबीच ३ हजार ४४० किलोमिटर लामो विवादित सीमा क्षेत्र छ। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भन्ने गरिन्छ।

बिहीबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राले एलएसीबाट सैनिक फिर्ता गर्ने प्रयासलाई अघि बढाउन दुवै पक्ष सहमत भएको जानकारी दिए।

‘प्रधानमन्त्रीले भारत–चीन सम्बन्ध सामान्यीकरणका लागि सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न तथा एलएसीको सम्मान गर्नु महत्वपूर्ण हुने बताउनुभयो,’ क्वात्राले भने, ‘यस सन्दर्भमा तीव्र गतिमा सेना पछि सार्ने तथा तनाव कम गर्ने प्रयासलाई तीव्रता दिन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिन दुवै नेता सहमत भएका छन्।’ 

चीनको विदेश मन्त्रालयले दुई नेताबीच खुला र गहिरो कुराकानी भएको बताएको छ।

‘चीन–भारत सम्बन्ध सुधार गर्दा दुई देश र जनताको हितमा काम हुनुका साथै विश्व र यो क्षेत्र शान्ति, स्थायित्व र विकासमा पनि योगदान पुग्छ भनेर राष्ट्रपति सीले जोड दिनुभयो,’ मन्त्रालयले भनेको छ।

दि इन्डियन एक्सप्रेसका अनुसार सी र मोदीबीचको कुराकानीका क्रममा दोभासे र नोट लेख्ने कुनै पनि व्यक्ति उपस्थित थिएनन्।

सेप्टेम्बर ९ मा भारतले आयोजना गर्ने जी २० सम्मेलनमा सहभागी हुन सीले भारत भ्रमण गर्ने कार्यक्रम छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .