ad ad

ग्लोबल


डोनाल्ड ट्रम्प अढाई वर्षपछि ट्विटरमा फर्किएपछि एलन मस्कको यस्तो प्रतिक्रिया

डोनाल्ड ट्रम्प अढाई वर्षपछि ट्विटरमा फर्किएपछि एलन मस्कको यस्तो प्रतिक्रिया

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १३:१, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प झन्डै अढाई वर्षपछि ट्विटरमा फर्किएका छन्। 

उनले आफ्नो मगसट (अनुहारको तस्बिर) अर्थात् जेलले जारी गरेको तस्बिर सार्वजनिक गर्दै आज ट्विट गरेका हुन्।

सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रममा जर्जियामा नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। त्यस क्रममा जेलले रेकर्डका लागि उनको तस्बिर खिचेर सार्वजनिक गरेको थियो। 

तर उनी धरौटी बुझाएर जेलमा मात्र २० मिनेट बसेर रिहा भए। त्यही जेलले सार्वजनिक गरेको आफ्नो तस्बिर राख्दै उनी ट्विटरमा फर्किएका हुन्। 

यसमा ट्विटर मालिक एलन मस्कले प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्– ‘नेक्स्ट लेभल’।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज यो प्लेटफर्म प्रयोग गरेका हुन्।

यसअघि ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसल सुरु गरे। 

तर गत वर्ष ट्विटर (एक्स) को का नयाँ मालिक एलन मस्कले ट्रम्पलाई लगाइएको प्रतिबन्ध हटाए, तर पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .