ad ad

ग्लोबल


जी–२० मा सहभागी हुन चीनका राष्ट्रपति सी भारत आउलान् किन नआउलान्?

जी–२० मा सहभागी हुन चीनका राष्ट्रपति सी भारत आउलान् किन नआउलान्?

फाइल फाेटाे


नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:५६, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर ९–१० मा दिल्लीमा हुने जी२० बैठकमा सहभागी हुने वा नहुने भन्ने औपचारिक जानकारी भारतले अहिलेसम्म प्राप्त गरेको छैन।

समाचार एजेन्सी रोयटर्सले बिहीबार बिहान प्रसारण गरेको समाचारमा भने चिनियाँ राष्ट्रपति सी भारत आउने सम्भावना कम रहेको बताइएको छ।

यसपछि भारतीय मिडियाले यस विषयमा भारत सरकारसँग जानकारी लिन खोजेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार यस विषयमा जानकार व्यक्तिहरूले हालसम्म भारत सरकारले सी जिनपिङको आगमनको औपचारिक जानकारी नपाएको बताएका छन्।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उक्त बैठकमा सहभागी हुन भारत आउन नसक्ने बताएका थिए। यसपछि रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ यो सम्मेलनमा भाग लिन दिल्ली आउँदै छन्।

तर, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत पश्चिमी मुलुकका नेता तथा अस्ट्रेलिया, जापान र ब्राजिलका नेताहरूको भने सहभागिता रहने औपचारिक जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .