सरकारविरोधी प्रदर्शनमा सहभागी भएको कसुरमा तोकिएको मृत्युदण्डको सजाय सर्वोच्च अदालतले खारेज गरे पनि इरानी एक व्यक्तिको जेलमै मृत्यु भएको छ।
बीबीसीका अनुसार महसा अमिनीको मृत्युपछि देशभर सुरु भएको विरोध प्रदर्शनका क्रममा गत वर्ष पक्राउ परेका जवाद रुहीको कारागारमै मृत्यु भएको हो।
३५ वर्षीया रुहीलाई जेलमा मस्तिष्काघात भएको र प्रभावकारी उपचार नपाएका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रुहीको मृत्युमा अधिकारी जिम्मेवार रहेको मानवअधिकारकर्मीहरूले बताएका छन्।
इरानको न्यायिक प्रक्रियासँग सम्बन्धित समाचार वेबसाइट मिजानका अनुसार मेडिकल स्टाफको प्रयासका बाबजुद रुहीको मृत्यु भयो र उनको मृत्युको कारण पत्ता लगाउन कानुनी मुद्दा दायर गरिएको छ।
गत वर्ष इरानको मोरालिटी पुलिसको हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएको केही दिनपछि रुहीलाई पक्राउ गरिएको थियो।
Shares
प्रतिक्रिया