ad ad

ग्लोबल


रुसले तैनाथ गर्‍यो १५ वटा वारहेड बोक्ने आईसीबीएम सरमाट

रुसले तैनाथ गर्‍यो १५ वटा वारहेड बोक्ने आईसीबीएम सरमाट

नेपालखबर
भदौ १६, २०८० शनिबार २०:३०,

रुसले एउटा अत्याधुनिक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली सैन्य सेवामा तैनाथ गरेको छ। रुसको अन्तरिक्ष एजेन्सीले सरमाट नामक क्षेप्यास्त्र सेवामा लगाइएको जानकारी दिएको हो।

यो क्षेप्यास्त्रका कारण रुसका दुश्मनहरुले ‘दुई पटक सोच्ने’ राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए।

रुसको अन्तरिक्ष एजेन्सी रसकसमसका प्रमुख युरी बोरिसोभले सरमाट क्षेप्यास्त्रले सैन्य जिम्मेवारी सुरु गरेको शुक्रबार बताए।

‘सरमाट रणनीतिक प्रणालीले सैन्य ड्युटी सुरु गरेको छ,’ बोरिसोभको भनाइ तास समाचार एजेन्सीले उधृत गरेको छ।

‘विज्ञहरुको आकलनअनुसार आरएस–२८ सरमाटले अलगअलग ठाउँमा निसाना लगाउन सक्ने १० टनसम्मका विभिन्न वारहेड विश्वको जुनसुकै कुनामा प्रहार गर्न सक्छ। त्यो पनि उत्तरी र दक्षिणी दुवै ध्रुवमाथिबाट,’ उनले भनेका छन्।

गत फेब्रुअरीमा पुटिनले यो हतियार चाँडै तैनाथ हुने बताएका थिए। २०२२ मा उनले यो हतियारले रुसको सुरक्षालाई सुनिश्चित गर्ने बताएका थिए।

भूमिगत स्थानबाट प्रहार गरिने यो क्षेप्यास्त्रले १५ वटासम्म आणविक वारहेड बोक्नसक्ने बताइएको छ। २०० टनभन्दा बढी तौलको यो क्षेप्यास्त्रले १८ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ। 

रुसले १९८० को दशकमा बनाएको अन्तरमहादेशीय क्षेप्यास्त्रलाई विस्थापित गर्न यो क्षेप्यास्त्र बनाएको हो। छोटो समयमै प्रहार गर्न सकिने भएकाले यसको निगरानी र पिछा गर्न कठिन हुने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .