युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणा गरेका हुन्।
फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए। युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ।
अब रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक भएको जेलेन्स्कीले बताएका छन्।
युक्रेनी मिडियाको अनुमान अनुसार रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाइने सम्भावना छ।
रेज्निकोभले हालै वरिष्ठ बेलायती मन्त्रीहरूसँग राम्रो सम्बन्ध विकास गरेका थिए।
60
Shares
प्रतिक्रिया