अमेरिकाका राष्ट्रपति जो बाइडेनले आउँदो साता हुने जी–२० शिखर सम्मेलनका लागि भारत भ्रमण गर्न आतुर रहेको बताएका छन्। तर, चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत नआउने थाहा पाएपछि उनी पनि निराश भएका छन्।
ह्वाइट हाउसका अनुसार बाइडेन जी–२० सम्मेलनमा सहभागी हुन सेप्टेम्बर ७ मा भारत आउनेछन्।
यसबाहेक उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा पनि वार्ता गर्नेछन्।
भारत जी-२० को वर्तमान अध्यक्ष हो। त्यसैले उसले डिसेम्बर ९ र १० मा राजधानी दिल्लीमा जी–२० सम्मेलन आयोजना गर्दै छ।
102
Shares
प्रतिक्रिया