भारतस्थित उत्तर प्रदेशको गाजियाबादमा कुकुरको टोकाइबाट १४ वर्षीय बालकको मृत्यु भएको छ। बालकलाई डेढ महिनाअघि कुकुरले टोकेको थियो तर डरका कारण उनले बाबुआमालाई यसको जानकारी दिएनन्।
समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै भनेको छ- कक्षा ८ मा अध्ययनरत शाहवाजको सोमबार साँझ मृत्यु भएको हो।
यसको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
कुत्ते के काटने से बच्चे की मौत.. पालतू से लेकर आवारा तक.. बन रहे यमदूत
रेबीज पीड़ित को अस्पताल में डॉक्टर्स ने लाइलाज घोषित किया.. इसके बाद एम्बुलेंस में तड़प-तड़पकर पिता की गोद में दम तोड़ दिया मासूम ने.....
UP : गाजियाबाद में कुत्ते के काटने से 14 साल के बच्चे की तड़प-तड़पकर… pic.twitter.com/J6T1WqTCz4— TRUE STORY (@TrueStoryUP) September 5, 2023
प्रहरीका अनुसार शाहवाज विजय नगर पुलिस स्टेसन क्षेत्रअन्तर्गत पर्ने चरणसिंह कालोनीका बासिन्दा थिए। शाहवाजलाई डेढ महिनाअघि छिमेकीको कुकुरले टोकेको थियो तर डरले उनले बाबुआमाबाट यो कुरा लुकाए।
यसपछि उनलाई रेबिज भयो र सेप्टेम्बर १ मा उनले असामान्य व्यवहार गर्न थाले। परिवारले सोध्दा शाहवाजले आफूलाई छिमेकीको कुकुरले टोकेको बताए।
परिवारले शाहवाजलाई उपचारका लागि दिल्लीको सरकारी अस्पतालमा लगे तर उनलाई त्यहाँ भर्ना गरिएन। शाहवाजलाई अन्ततः आयुर्वेदिक उपचारका लागि बुलन्दसहर लगिएको परिवारले प्रहरीलाई बताएको छ।
तर बुलन्दसहरबाट गाजियाबाद फर्कने क्रममा एम्बुलेन्समै बालकको मृत्यु भएको हो।
कोतवाली क्षेत्रका एसीपी निमिश पाटिलले यस विषयमा उजुरी दर्ता भएको र कुकुरको मालिकलाई कारबाही गरिने बताए।
Shares
प्रतिक्रिया