ad ad

ग्लोबल


चीनलाई चुनौती दिनेगरी भारत–मध्यपूर्व नयाँ यातायात करिडोर निर्माण हुने, अमेरिका र युरोपको समर्थन

चीनलाई चुनौती दिनेगरी भारत–मध्यपूर्व नयाँ यातायात करिडोर निर्माण हुने, अमेरिका र युरोपको समर्थन

नेपालखबर
भदौ २३, २०८० शनिबार १५:३२,

भारतलाई मध्यपूर्वसँग जोड्न नयाँ रेलमार्ग तथा पानीजहाज करिडोर खोल्ने योजना अघि सारिएको छ। शनिबार नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनको साइडलाइनमा यसबारे घोषणा हुने आकलन गरिएको छ।

यो पूर्वाधार परियोजनाले साउदी अरब र यूएईलाई छुनेछ। यो परियोजना सो क्षेत्रमा चीनका लागि चुनौती बन्ने कतिपयको भनाइ छ।

महिनौँदेखि यो परियोजनाबारे चर्चा चल्दै आएको छ। त्यसलाई औपचारिकता दिने काम हुने अमेरिकी अधिकारीहरुको भनाइ उधृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ।

यो परियोजनालाई अमेरिका र युरोपले समर्थन गर्ने भएका छन्।

‘यो करिडोरले व्यापार, उर्जा तथा डेटालाई भारतबाट मध्यपूर्व हुँदै युरोप पुग्न सघाउनेछ,’ अमेरिकाका डेप्युटी नेसलन सेक्युरिटी एड्भाइजर जोन फाइनर भन्छन्। 

मध्यपूर्वमा बढ्दो चीनको प्रभावलाई रोक्ने सम्भावनाका कारण अमेरिकाले यसलाई समर्थन गर्ने बताइएको छ।

साउदी अरब र यूएई दुवैले आफूलाई व्यापारिक केन्द्रका रुपमा स्थापित गर्ने प्रयास गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .