ad ad

ग्लोबल


अस्ट्रेलियाली संसद्‌भित्रै महिला सांसदलाई यौन दुर्व्यवहार भएको आरोप

जसले गरिन् राजनीतिबाटै सन्न्यास लिने घोषणा
अस्ट्रेलियाली संसद्‌भित्रै महिला सांसदलाई यौन दुर्व्यवहार भएको आरोप

क्यारेन एन्ड्रयुज


नेपालखबर
भदौ २६, २०८० मंगलबार १३:२९, काठमाडौँ

अस्ट्रेलियाका एक प्रख्यात् राजनीतिज्ञ महिलाले देशको संसद्‌भित्रै लगातार यौनजन्य उत्पीडनको सामना गर्नुपरेको बताएकी छन्।

पूर्व क्याबिनेट मन्त्री क्यारेन एन्ड्रयुजले नाम नलिईकन एक पुरुष सांसदले आफ्नो गर्धन पछाडि आएर सास फेर्ने गरेको र सदनमा अश्लील टिप्पणी गर्ने गरेको आरोप लगाएकी हुन्। 

एन्ड्रयुजले एबीसी न्युजसँग भनेकी छन्, ‘म त्यहाँ बसेर आफ्नो काम गरिरहेकी हुन्थेँ, अनि कोही मेरो गर्धननजिकै आएर सास फेरिरहेको हुन्थ्यो, जब म फर्केर प्रश्न गर्थें, उसको जवाफ हुन्थ्यो– यो महत्त्वपूर्ण प्रश्न हो, यसको गहन छानबिन हुनुपर्छ।’ 

करेन एन्ड्रयुज स्कट मोरिसनको गठबन्धन सरकारमा सबैभन्दा वरिष्ठ महिलामध्ये एक थिइन्। उनी उद्योगमन्त्री र गृहमन्त्री भइसकेकी छन्।
उनी देशको राजनीतिमा महिलालाई हुने दुव्र्यवहारविरुद्ध सधैँ आवाज उठाइरहन्छिन्। 

उनले आगामी निर्वाचनसम्म राजनीतिबाट सन्न्यास लिने घोषणा गरेकी छन्।

अस्ट्रेलियामा अर्को चुनाव सन् २०२५ मा हुने भएको छ।

अस्ट्रेलियाको संसद् ठूलो मात्रामा यौन दुर्व्यवहारको रिपोर्टका कारण विवादमा परेको छ।

फेब्रुअरीमा दुवै सदन  सांसद र कर्मचारीहरूका लागि नयाँ आचारसंहिता बनाउन सहमत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .