रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनबीच भेटवार्ता भएको छ।
दुई नेताबीच रुसको भास्टोचनी कस्मोड्रोममा भेट भएको हो। यो रुसको स्पेस पोर्ट हो, जुन सन् २०१६ मा सुरु भएको हो।
दुई नेताबीच भएको भेटको भिडिओ रुसको टेलिग्राम च्यानलमा सार्वजनिक भएको छ।
भिडिओमा दुवै नेता एकअर्कासँग हात मिलाउँदै गरेको देख्न सकिन्छ।
किम जोङ उन रेल चढेर रुस पुगेका हुन्। रुसको सिमाना छिर्दा उनलाई स्टेसनमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो।
पुटिनलाई भेट्नेबित्तिकै किम जोङ उनले भने– तपाईंको व्यस्त समयमा पनि हामीलाई निम्तो दिनुभएकोमा धन्यवाद!
रुसको टेलिग्राम च्यानलमा अपलोड भिडिओमा यो कुरा सुन्न सकिन्छ।
पुटिनले किम जोङ अनलाई जवाफ दिए– तपाईंलाई भेटेर खुसी लाग्यो। यो हाम्रो नयाँ कस्मोड्रोम हो।
रुसमा पुटिन–किम भेटवार्ताको भिडिओ–
66
Shares
प्रतिक्रिया